FAQs Complain Problems

वडा नं.५ गल्धा

निस्दी  गाउँपालिकाको वडा नं ५ साबिक गल्धा गाउँ विकास समितिका वडाहरु  १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ |  ५ नं. वडा निस्दी गाउँकार्यपालिकाकाे कार्यालय  देखि उत्तर दिशामा  जाेदिएर रहेकाे छ  । यस वडामा राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा  ३१०५ जना जनसंख्या रह्रेको छ ।यस वडाको जम्मा क्षेत्रफल २०.५ वर्ग कि.मि रहेको छ । यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न साढे तिन घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन साढे तिन घण्टा समय लाग्छ ।   ५ नं. वडाका बजारी क्षेत्रहरू ढुङ्गाना बेसी, बेल डाँडा, र पिपल भन्ज्याङ्ग  हुन् । साथै नामसुर्घा, थाम, र गाै भन्ज्याङ्ग प्रमुख पर्यटकीय स्थल   हुन् । ५ नं. वडामा  सरकारी बिद्यालय  जम्मा ८ बिद्यालय रहेका छन । जस मध्ये ६ वटा आधारभुत बिद्यालय र २ वटा माध्यमिक बिद्यालय रहेको  छ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा श्री भिम बहादुर बयम्बु ज्यू  निर्वाचित हुनु भएको थियो । यसै गरी स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा श्री दुर्गा बहादुर सोमै ज्यू निर्वाचित हुनु भएको छ ।

Population: 
३१०५
Ward Contact Number: 
9847138815

वडा जनप्रतिनिधि

फोन

दुर्गा बहादुर सोमै

वडा अध्यक्ष

९८४७१३८८१५

कृष्ण प्रसाद ज्ञवाली

खुला सदस्य

९८४७३०८०११

देव बहादुर लम्काहा

खुला सदस्य

९८४७३७१३७२

रीकलाल कामी

दलित वा अल्पसंख्यक सदस्य

९८१४४०१२९१

छलि सरा राई

महिला सदस्य

९८६३७७२६७६

पुनी सरा कामी

दलित महिला सदस्य

९८०७४४४८३१
//