FAQs Complain Problems

वडा नं. ३ झिरुबास

हुलाक कार्यालय

निस्दी  गाउँपालिकाको वडा नं ३ साबिक झिरुबास गाउँ विकास समितिका वडाहरु  १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ |  ३ नं. वडा निस्दी गाउँकार्यपालिकाकाे कार्यालय देखि पूर्व दिशामा जाेदिएर रहेकाे छ  । यस वडामा  राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा २४३३ जना जनसंख्या रह्रेको छ ।यस वडाको जम्मा क्षेत्रफल ३१ वर्ग कि.मि रहेको छ । यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न सवा घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन सवा घण्टा समय लाग्छ । ३ नं. वडाका बजारी क्षेत्रहरू धारकेसिंङ्ग, खादर, झिरुबास देउराली, सिमल भन्ज्याङ् र माेहाेरिया हुन् ।  साथै काउलेडाँडाकाे अम्लिसाे घारी तथा त्यस क्षेत्रबाट देखिने मनाेरम दृश्य अबलाेकनकाे लागि प्रमुख पर्यटकीय स्थल हुन् । तथा मगर स‌ंस्कृतीकाे ठूलाे नाच, स्वरर्थी नाच, करुवा, झाम्रे नाच तथा मारुनी नाच यहाँकाे प्रचलित नाच्ने नाच हुन् । ३ नं. वडामा  सरकारी बिद्यालय  जम्मा ९ बिद्यालय रहेका छन । जस मध्ये ७ वटा आधारभुत बिद्यालय र २ वटा माध्यमिक बिद्यालय रहेको  छ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा श्री लक्ष्मी प्रसाद पाटा मगर ज्यू  निर्वाचित हुनु भएको थियो । यसै गरी स्थानीय तहको चुनाव २०७९ मा अध्यक्षको रुपमा श्री नविन्द्र थापा सोती ज्यू निर्वाचित हुनु भएको छ ।

Population: 
२४३३
Ward Contact Number: 
9857060235

वडा जनप्रतिनिधि

फोन

नविन्द्र थापा सोती

वडा अध्यक्ष

९८५७०६०२३५

मन बहादुर बयम्बु

खुला सदस्य

९६१७५०२५८०

याम प्रसाद झेडी मगर

खुला सदस्य

९८६७१०१०१८

देवी सरा सोमै

महिला सदस्य

९८६२७२८४६५

खगी सरा कामी

दलित महिला सदस्य

९८१६४८३८४३
//