निस्दी गाउँपालिकाको वडा नं ५ साबिक गल्धा गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ | ५ नं. वडा निस्दी गाउँकार्यपालिकाकाे कार्यालय देखि उत्तर दिशामा जाेदिएर रहेकाे छ । यस वडामा जम्मा ७२० घरधुरी छन । यस वडामा जम्मा ४७५३ जना जनसंख्या रह्रेको छ । यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न साढे तिन घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन साढे तिन घण्टा समय लाग्छ । ५ नं. वडाका बजारी क्षेत्रहरू ढुङ्गाना बेसी, बेल डाँडा, र पिपल भन्ज्याङ्ग हुन् । साथै नामसुर्घा, थाम, र गाै भन्ज्याङ्ग प्रमुख पर्यटकीय स्थल हुन् । ५ नं. वडामा सरकारी बिद्यालय जम्मा ८ बिद्यालय रहेका छन । जस मध्ये ६ वटा आधारभुत बिद्यालय र २ वटा माध्यमिक बिद्यालय रहेको छ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा श्री भिम बहादुर बयम्बु ज्यू निर्वाचित हुनु भएको थियो । यसै गरी स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा श्री दुर्गा बहादुर सोमै ज्यू निर्वाचित हुनु भएको छ ।
वडा नं.५ गल्धा
Population:
४७५३
Ward Contact Number:
9847138815