निस्दी गाउँपालिका स्तरीय खुल्ला व्यडमिण्टन प्रतियोगिता सम्पन्न। खेलमा टिम दर्ता १४ रहेका थिए भने, गाउँपालिकाका अध्यक्ष ज्युको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण भएकोमा प्रथम स्थान हासिल गर्न सफल भएका टिम अर्जुन राना र भानुभक्त सोती(निस्दी-६,१) द्वितीय सहविर खन्गाहा र खेम सिं राना मगर (निस्दी-४)तृतीय स्थान प्रेम बहादुर वयम्वु र दिनेश थापा(निस्दी-२) टिम भएको छ ।
यस निस्दी गाउँपालिकाको वडा नं.-३ झिरुबास क्याङ्गरुङ्गमा मिति २०८०/०९/०७ गते श्याम बहादुर पल्लीको घर जली नष्ट भएकोले उक्त घटना स्थलमा तत्काल राहत सामाग्री गा.पा.अध्यक्ष मुक्त बहादुर सारु ज्यूको टोलीले वितरण गर्नु भयो भने बाँकी कार्यपालिकाको निर्णयानुसार वितरण हुने, केही झलकहरु
"UNITE ! INVEST TO PREVENT VIOLANCE AGAINIST WOMEN AND GIRLS" अन्तरार्ष्टिय नारा, "लैङ्गिक हिंसा अन्त्यको सूनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्वता" भन्ने राष्ट्रिय नारा सहित लैंंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा न्यायिक समिति र प्रहरी साझेदारी कार्यक्रम हुदै गर्दाका केही झलकहरु