FAQs Complain Problems

मित्याल स्वास्थ्य चौकीकी अ.न.मी. सिमा बिकलाई ‘फेरी भेटौला’ कार्यक्रममार्फत बिदाई

निस्दी गाउँपालिकाको आयोजनामा मित्याल स्वास्थ्य चौकीमा कार्यरत अ.न.मी. चौथो पदकी श्रीमती सिमा बिक ज्यूलाई बिदाई गर्ने “फेरी भेटौला कार्यक्रम” मिति २०८२ भदौ २२ गते सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिकाका शाखा प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले बिक ज्यूलाई दोसल्ला ओढाई, मायाको चिनो स्वरुप पालिका डायरी प्रदान गरी सम्मान गरेका थिए । साथै, सबै जनाले उहाँलाई रातो टिका लगाई शुभकामना व्यक्त गरेका थिए ।
वक्ताहरूले बिक ज्यूले आफ्नो कार्यकालमा स्वास्थ्य सेवा क्षेत्रमा पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्दै भविष्यको यात्रा सफल तथा सुखमय रहोस् भन्ने शुभकामना व्यक्त गरे ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि

//