निस्दी गाउँपालिकाको आयोजनामा मित्याल स्वास्थ्य चौकीमा कार्यरत अ.न.मी. चौथो पदकी श्रीमती सिमा बिक ज्यूलाई बिदाई गर्ने “फेरी भेटौला कार्यक्रम” मिति २०८२ भदौ २२ गते सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिकाका शाखा प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले बिक ज्यूलाई दोसल्ला ओढाई, मायाको चिनो स्वरुप पालिका डायरी प्रदान गरी सम्मान गरेका थिए । साथै, सबै जनाले उहाँलाई रातो टिका लगाई शुभकामना व्यक्त गरेका थिए ।
वक्ताहरूले बिक ज्यूले आफ्नो कार्यकालमा स्वास्थ्य सेवा क्षेत्रमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै भविष्यको यात्रा सफल तथा सुखमय रहोस् भन्ने शुभकामना व्यक्त गरे ।