निस्दी गाउँपालिकाको वडा नं ७ साबिक ज्यामिरे गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ | ७ नं. वडा निस्दी गाउँकार्यपालिकाकाे कार्यालय देखि पश्चिम दिशामा जाेदिएर रहेकाे छ । यस वडामा जम्मा ५७४ घरधुरी छन् । यस वडामा जम्मा ४४६५ जना जनसंख्या रह्रेको छ । यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न तिन घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन तिन घण्टा समय हिडेर लाग्छ । ७ नं. वडाका बजारी क्षेत्रहरू क्षेत्री खरक, र सारङ्गी खाेला बजार हुन् । साथै चुन खानी प्रमुख पर्यटकीय स्थल हुन् । ७ नं. वडामा सरकारी बिद्यालय जम्मा १० बिद्यालय रहेका छन । जस मध्ये ८ वटा आधारभुत बिद्यालय र २ वटा माध्यमिक बिद्यालय रहेको छ। यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा श्री गगन सिं साेती ज्यू निर्वाचित हुनु भएको थियो । यसै गरी स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा श्री मुक्त बहादुर पाटा ज्यू निर्वाचित हुनु भएको छ ।
वडा नं.७ ज्यामिरे
Population:
४४६५
Ward Contact Number:
९८५७०७९२१८