FAQs Complain Problems

निस्दी गाउँपालिका २ नं. वडा कार्यालयको आयोजना तथा निस्दी गाउँपालिकाको आर्थिक सहयोगमा दुई दिने वडा स्तरीय मिनि बाल मेला कार्यक्रम सम्पन्न ।

मिति २०८१ चैत २६ गतेका दिन निस्दी गाउँपालिका २ नं. वडा कार्यालयको आयोजना तथा निस्दी गाउँपालिकाको आर्थिक सहयोगमा दुई दिने वडा स्तरीय मिनि बाल मेला कार्यक्रम श्री बालहित माध्यमिक विद्यालय निस्दी-२ मा वडा अध्यक्ष श्री फत्त सिं दर्लामी ज्यूको अध्यक्षता तथा लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समिति सभापति माननिय श्री राजु प्रसाद श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको थियो । समापन कार्यक्रममा विशिष्ठ अतिथि गाउँपालिका अध्यक्ष श्री मुक्त बहादुर सारु तथा उपाध्यक्ष श्रीमती तिरन कुमारी श्रेष्ठ रहनु भएको थियो ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि