आज मिति २०७५/०३/१० गते आईतबारको दिन निस्दी गाउँपालिका सभाहलमा दोस्रो गाउँसभाको पहिलो बैठक "सम्वृद्ब निस्दी निर्माणको आधार उत्पादन व्यापार र स्थानीय रोजगार" मुल नाराको साथ सम्पन्न भएको छ । यस निस्दी गाउँपालिकाको अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको अध्यक्षता साथै गाउँपालिकाको उपाध्यक्ष रीता कुमारी खनाल अर्यालद्बारा यस निस्दी गाउँपालिकाको आ.व.२०७५/०७६ को बजेत,निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा गाउँसभा सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । गाउँसभाले आगामी आ.व. २०७५/०७६का लागि सामाजिक विकास, पुर्वाधार विकास र आर्थिक विकासलाई प्राथमिकता दिएको छ ।