गाउँपालिकाकाे आयाेजनामा बालमैत्री स्थानीय शासन मूल समितिकाे बैठक तथा पत्रकार भेटघाट बिहिबार बहुउद्देश्यीय सभाहल बसेनी हलमा सम्पन्न भएकाे छ । मूल समितिका सदस्यहरु पत्रकार सुरक्षाकर्मी लगायतकाे कार्यक्रममा सहभागीता रहेकाे थियाे । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु उपाध्यक्ष तिरण कुमारी श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल लगायत गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारी वडाध्यक्ष कार्यपालिका सदस्य राजनीतिक दल लगायतकाे सहभागिता रहेकाे थियाे । बालमैत्री शाखा प्रमुख कुस्माखर पाण्डेयले अहिलेसम्मकाे अवस्थाबारे जानकारी गराउनुभयाे ।