FAQs Complain Problems

निस्दी गाउँपालिकामा तिज गीत प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

निस्दी गाउँपालिकाको आयोजनामा तथा महिला समन्वय समिति निस्दी पाल्पाको समन्वयमा आयोजित पालिका स्तरीय तिज गीत प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम मिति २०८२ भाद्र ८ गते निस्दी गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा १३ वटा महिला समूहको सहभागिता रहेको थियो। प्रतिस्पर्धी टोलिमध्ये उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई पहिलो, दोस्रो र तेस्रो पुरस्कार प्रदान गरिएको छ।

प्रथम स्थान : श्री शुभतारा महिला समूह, निस्दी–१ बाकामलाङ

द्वितीय स्थान : श्री चाँदनी महिला समूह, निस्दी–३ पोखरीथर

तृतीय स्थान : श्री सृजनशील महिला समूह, निस्दी–५ दुङ्गानावेशी

यस कार्यक्रमले महिला सशक्तीकरण, परम्परागत संस्कृतिको संरक्षण र सामुदायिक एकताको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि

//