मिति २०८२ असार ३ गते, निस्दी गाउँपालिकाको आयोजनामा निर्मित ज्यामिरे स्वास्थ्य चौकी भवनको समुद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।उक्त भवनको उद्घाटन लुम्बिनी प्रदेश सरकारका माननीय स्वास्थ्य मन्त्री श्री खेम बहादुर सारु ज्यूको प्रमुख आतिथ्यतामा उहाँकै करकमलद्वारा सुसम्पन्न भएको हो।कार्यक्रममा निस्दी गाउँपालिका अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यू, उपाध्यक्ष श्री तिरन कुमारी श्रेष्ठ ज्यू तथा प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल ज्यू विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो।
उक्त अवसरमा स्थानीय जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा स्थानीय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।