आज मिति २०७६।१०।१२ गतेका दिन यस निस्दी गाउँपालिकामा ६७ औं विश्व कुष्ठरोग दिवस "कुष्ठरोग विरुद्धको हाम्रो अभियान । भेदभाव अन्त्य मानव अधिकारको सम्मान ।" भन्ने नाराका साथ निस्दी गाउँपालिकाको अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको अध्यक्षतामा यस निस्दी गाउँपालिकाको सभा हलमा कुष्ठरोग सम्बन्धि जनप्रतिनिधि र सरोकारवालासंग अन्तरकृया कार्यक्रम गरि सम्पन्न भएको छ ।
उक्त कार्यक्रमलाई स्वास्थ्य संयोजक श्री रेम बहादुर दिशा मगर ज्यूले संचालन गर्नु भएको थियो ।