निस्दी गाउँपालिका पाल्पाको आयोजनामा नेपाल परिवार नियोजन संघ पाल्पा शाखा, कालिगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुर र पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेन पाल्पाको प्राविधिक सहयोगमा मिति:२०७९/११/२३ गते देखि २०७९/११/३० गते सम्म सम्पूर्ण वडाहरुमा महिलाहरुको प्रजनन् स्वास्थ्य (VIA परिक्षण, महिलाहरुको पाठेघर खस्ने समस्या परिक्षण), महिला/पुरुष स्थायी बन्ध्याकरण तथा वृहत नि:शूल्क आँखा शिविर कार्यक्रमको धन्यवाद तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।