निस्दी गाउँपालिका वडा नं. ४ को आयोजना, निस्दी गाउँपालिकाको आर्थिक सहयोग तथा बालमैत्री स्थानीय शासन समिति, मित्याल, पाल्पाको समन्वयमा मिति २०८३/०१/११ गते गौरी शंकर माध्यमिक विद्यालयको प्राङ्गणमा वडा स्तरीय मिनि बाल मेला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रममा बालबालिकाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको अवसरमा “बाल भित्ते पत्रिका प्रदर्शनी प्रतियोगिता २०८३” तथा “शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगिता २०८३” समेत आयोजना गरी सम्पन्न गरिएको थियो। प्रतियोगितामार्फत बालबालिकाहरूको सृजनशीलता, प्रतिभा र शैक्षिक सीप प्रदर्शन हुने अवसर प्रदान गरिएको थियो।
कार्यक्रमले बालबालिकाहरूको समग्र विकासमा टेवा पुर्याउनुका साथै बालमैत्री स्थानीय शासन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याएको छ।