निस्दी गाउँपालिकाको वडा नं २ साबिक बाकामलाङ्ग गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ | १ नं. वडा निस्दी गाउँकार्यपालिकाकाे कार्यालय देखि पूर्व दिशामा पर्दछ । यस वडामा राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा १५९८ जना जनसंख्या रह्रेको छ । यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न साढे दुई घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन साढे दुई घण्टा समय लाग्छ । २ नं. वडाका बजारी क्षेत्रहरू भाङ्बारी, लिन्दी, पुरनथर, आनन्दी र भन्ज्याङ्ग हुन् । साथै जुरे गुफा र चमेराे गुफा प्रमुख पर्यटकीय स्थल हुन् । २ नं. वडामा सरकारी बिद्यालय जम्मा ५ बिद्यालय रहेका छन । जस मध्ये ३ वटा आधारभुत बिद्यालय र २ वटा माध्यमिक बिद्यालय रहेको छ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा श्री पुर्ण बहादुर थापा बाकाबल ज्यू, निर्वाचित हुनु भएको थियो । यसै गरी स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा श्री फत्ते सिं दर्लामी ज्यू, निर्वाचित हुनु भएको छ ।
वडा नं. २ सहलकाेट
Population:
२३७५
Ward Contact Number:
९८५७०७९२१४