मिति २०८१ फागुन २६ गतेका दिन नेपाल सरकार भूमी समस्या समाधान आयोग जिल्ला समिति पाल्पाका अध्यक्ष श्री राम बहादुर कार्की क्षेत्री ज्यूको अध्यक्षतामा भूमी समस्या सम्बन्धी अभिमुखीकरण तथा छलफल कार्यक्रम निस्दी गाउँ कार्यपालिका सदस्य तथा भूमी समस्या समाधान आयोग जिल्ला समिति पाल्पाका सदस्यको सहभागीमा निस्दी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। जिल्ला समितिका सदस्य ज्यूहरुका लागि निस्दी गाउँपालिकाले स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको थियो ।