आज मिति २०८१ फागुन २६ गतेका दिन रुक्सेभङ्ज्याङ प्रहरी चौकी प्रमुख मिथिलेस कुमार यादव, निस्दी गाउँपालिकाका अमिन लोकराज गौतमको फेरी भेटैला तथा रुक्सेभङ्ज्याङ प्रहरी चौकी नयाँ प्रमुख शैल विहारी यादव ज्यूको स्वागत कार्यक्रम निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल ज्यूको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री तिरन कुमारी श्रेष्ठ ज्यू विशिष्ट अथितिको रुपमा रहनु भएको थियो र कार्यक्रममा गाउँ कार्यपालिका सदस्य, शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो भने गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारी ज्यूबाट शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन प्रशासन प्रमुख अर्जुन खनालले गर्नु भएको थियो ।