मिति २०८३ वैशाख १५ गतेका दिन राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत ६–५९ महिना सम्मका बालबालिकामा कुपोषण खोजपड्ताल (पोषण लेखाजोखा) सम्बन्धी KoboTool प्रयोगबारे अभिमुखिकरण कार्यक्रम निस्दी गाउँपालिकामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रम निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री पूर्ण बहादुर चितौरेको अध्यक्षतामा तथा गाउँपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागितामा सञ्चालन गरिएको थियो । कार्यक्रममा KoboTool मार्फत तथ्याङ्क संकलन, कुपोषण पहिचान प्रक्रिया तथा प्रतिवेदन व्यवस्थापन सम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रमले स्थानीय तहमा पोषण अवस्था सुधार गर्न तथा तथ्यमा आधारित योजना निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।