आज मिति २०८१ फागुन २७ गतेका दिन निस्दी गाउँपालिकाको आठौं स्थापना दिवस समारोह निस्दी गाउँपालिकाका अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । समारोहमा निस्दी गाउँपालिका वडा नं ५ का अध्यक्ष श्री दुर्गा बहादुर सोमै ज्यूले शुभकामना मन्तव्य राख्नु भएको थियो भने गाउँपालिका उपाध्यक्ष श्री तिरण कुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत श्री मदन अर्याल, शिक्षा शाखा प्रमुख नर बहादुर थापा तथा गौरी शंकर मा.विका प्र.अ केश वहादुर सुनारी ज्यूले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । समारोहमा जनप्रतिनिधि, कर्मचारी तथा विद्यालयका प्र.अको उपस्थिति रहेको थियो।