FAQs Complain Problems

निस्दी गाउँपालिकाकाे आर्थिक बर्ष २०७५।७६ को हिउँदे अधिवेशन शुरु

आज मिति २०७५।०९।३० गते सोमबारको दिन विहान ठीक ११.३० बजे यस निस्दी गाउँपालिकाको आर्थिक बर्ष २०७५।०७६ को दोस्रो गाउँ सभा (हिउँदे अधिवेशन) यस निस्दी गाउँपालिकाको अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको अध्यक्षतामा उपाध्यक्ष श्री रीता कुमारी अर्याल खनाल ज्यू, द्धारा गाउँपालिकाको हाल सम्मको प्रगति, तथा खर्च विवरण पेश गर्नु भएकाे थियो भने गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत श्री शालिकराम बस्याल ज्यू, द्धारा आर्थिक वर्ष २०७४।०७५ काे महालेखा परिक्षण प्रतिवेदन र अौल्याईएका विषयहरु बुँदागत रुपमा पेश गर्नु भएकाे थियो । सभामा निस्दी गाउँपालिकाका प्रबक्ता श्री मेख बहादुर सुनारी ज्यूले संशोधन गर्नुपर्ने योजना विवरण पेश तथा सभामा पेश भएकाे लेखित तथा मौखिक जिज्ञासालाई संक्षिप्त रुपामा जवाफ दिनुभएकाे थियाे । साथै भु-कम्प प्रभावित समस्या तथा गुनासो सम्बन्धी उठेका प्रश्नहरु पुनर्निमाण इन्जिनियर श्री कुशल घिमिरेबाट जवाफ दिनुभयाे । साथै गाउँपालिका अध्यक्षद्धारा कार्यतालिका सहित पूनः माघ १० गते बस्ने गरि सभा विर्सजन गर्नुभयो ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि