FAQs Complain Problems

तीन दिने एकीकृत घुम्ती सेवा सफल साथ सम्पन्न भएकाे छ ।

 the image cannot be loaded

मिति २०७५।०८।०५ गते देखि २०७५।०८।०७ सम्म निस्दी गाउँकार्यपालिकाकाे कार्यालय मित्यालमा  स‌ंचालन भएकाे तीन दिने एकीकृत घुम्ती सेवा सफल साथ सम्पन्न भएकाे छ । ग्रामीण भेगका जनतालाई गाउँबाटै सेवा प्रदान गर्ने लक्ष्यका साथ आयोजना गरिएको तीन दिने एकिकृत घुम्ती शिविरमा यस गाउँपालिकाका ४ वटा वडा भित्रका १ सय ७९ जना महिला र १ सय १० जना पुरुष गरी २ सय ८९ जना स्थानीयले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजना र निस्दी गाउँपालिकाको समन्वयमा सञ्चालित शिविरमा दुई सय ६८ जनाले फोटो सहितको मतदाता नामावलीमा समेत आफ्नो नाम दर्ता गराएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत एवं एकिकृत घुम्ती शिविरका संयोजक हुम बहादुर पाण्डेले जानकारी दिए । शिविरमा वडा ३ झिरुबास, वडा ४ मित्याल, वडा ५ गल्धा र वड ६ अर्चलेका स्थानीयहरुले सेवा प्राप्त गरेको निस्दी गाउँपालिकाका प्रवक्ता एवं वडा ६ का वडा अध्यक्ष मेख बहादुर सुनारीले बताए । नगरिकता लिनका लागि इलाका प्रशासन कार्यालय रामपुर जान बाध्य स्थानीयहरु गाउँबाटै सेवा प्राप्त भए पछि खुशी भएका छन् । तीन दिन सम्म सञ्चालन भएको शिविर शुक्रबार सम्पन्न भएकाे छ ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि