आज मिति २०७४।११।२६ गते शनिबारको दिन निस्दी गाउँपालिकाको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम तपशिलका सार्वजनिक पदधारण गर्नुभएका विभिन्न पदाधीकारी तथा मानुभाबहरुको उपस्थीतीमा यस निस्दी गाउँपालिकाको कार्यलय प्राङग्रणमा सञ्चालन गरीएको थियो । उक्त कार्यक्रममा तानसेन नगरपालिकाबाट आउनु भएका राजेन्द्र लिगल तथा दयाराज न्योपाने ज्यूहरुद्बारा सहजकर्ताको भुमिका निर्वाह गर्नुका साथै नेकपा एमालेका तर्फबाट देविलाल ज्यू र नपाली काँग्रेसबाट शालीकराम पाण्डे ज्यूद्बारा प्रतिनिधित्व गर्नुभयो । सो समारोहमा १५१ जना आमनागरिक मध्ये १५ जनाद्बारा विभिन्न प्रश्नहरु सुझाबहरु सल्लाहहरु र जिज्ञासाहरु राख्नु भयो भने उक्त सुनुवाईमा समस्त विषयलाई समेटेर प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्याल ज्यू र विषयगत सम्बन्धीत आ आफ्नो प्रमुखद्बारा र छुटफुत तथा अन्य कुराहरुलाई समेटि गाउँपालिका प्रमुख अध्यक्ष मुक्त बहादुर सारु ज्यूद्बारा जवाफ दिनुभएर अन्त्य गर्नुभयो ।