FAQs Complain Problems

आज मिति २०७५/०३/२८ गते निस्दी गाउँपालिकाको आ.व २०७५/०७६ को बजेट अधिबेसन गाउँ सभा सफलतापूर्वक सम्पन्न केही झलकहरु

आज मिति २०७५/०३/२८ गते बिहिबारको दिन निस्दी गाउँपालिकाको दोस्रो गाउँसभाको दोस्रो बैठक "सम्मृद्ध निस्दी निर्माणको आधार उत्पादन व्यापार र स्थानीय रोजगार“ मुल नाराको साथ सम्पन्न भएको छ । यस निस्दी गाउँपालिकाको अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको अध्यक्षता साथै गाउँपालिकाको उपाध्यक्ष रीता कुमारी खनाल अर्यालद्बारा यस निस्दी गाउँपालिकाको आ.व.२०७५/०७६ को विस्तृत बजेत,निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा गाउँसभा सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो र उपस्थित गाउँसभा सदस्यहरुको जिज्ञासा माथि गाउँपालिकाको प्रवक्ता तथा ६ नम्बर वडा अध्यक्ष मेक बहादुर सुनारी ज्यूले प्रकाश गर्नु भएको थियो । विविध कारणले यस अघि तोकिएको समय र मितिमा हुन नसकेको गाउँसभा आज भएको हो । गाउँसभाले आगामी आ.व. २०७५/०७६का लागि सामाजिक विकास, पुर्वाधार विकास र आर्थिक विकासलाई प्राथमिकता दिएको छ ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि