निस्दी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
मित्याल, पाल्पा
निस्दी गाउँपालिकाको आयोजनामा गाउँपालिकाअन्तर्गतका मेलमिलापकर्ताहरूका लागि ३ दिने पुनर्ताजगी तालिम मिति २०८३ कार्तिक १३ गतेदेखि शुभारम्भ भएको छ।
स्थानीय स्तरमा उत्पन्न हुने विवाद तथा समस्याहरूलाई आपसी समझदारी, सहकार्य र संवादका माध्यमबाट समाधान गर्न मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने, मेलमिलापसम्बन्धी ज्ञान, सीप तथा कार्यदक्षतालाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
तालिमबाट मेलमिलापकर्ताहरूको व्यावहारिक ज्ञान, सीप र दक्षतामा अभिवृद्धि भई स्थानीय स्तरमा न्याय सम्पादन तथा विवाद समाधान प्रक्रियालाई थप सहज, प्रभावकारी र विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।