" शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटन सहितको पूर्वाधार: प्रकृति र मगर सस्कृति निस्दीको आधार "

header AD

बृहत् निःशुल्क आँखा उपचार तथा मोतियाविन्दु शल्यक्रिया शिविर सम्पन्न ।

group photoप्यसेन्तरुइत फाउण्डेसन (Ruit Foundation) को सहयोग तथा निस्दी गाउँपालिका, नेपाल नेत्रज्योति संघ चितवन, भरतपुर आँखा अस्पताल चितवन र नव प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. (मध्यविन्दु-१०, नवलपरासी ब.सु.पू.) को संयुक्त आयोजनामा निस्दी गाउँपालिकामा मिति २०८३ कार्तिक ११ गतेदेखि १५ गतेसम्म सञ्चालित ५ दिने "बृहत् निःशुल्क आँखा उपचार तथा मोतियाविन्दु शल्यक्रिया शिविर" भव्यताका साथ सम्पन्न भएको छ।

उक्त शिविरमा कुल ५२ जना मोतियाविन्दुका बिरामीहरूको सफल शल्यक्रिया गरी नयाँ ज्योति प्रदान गरिएको छ।

समापन कार्यक्रमको अवसरमा निस्दी गाउँपालिकाले शिविर सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण सहयोगी संस्था तथा अहोरात्र खटिनुहुने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई कदरस्वरूप प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो।

शिविरलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।