निस्दी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
मित्याल, पाल्पा
निस्दी गाउँपालिकाको आयोजनामा निस्दी गाउँपालिकाका ५१ विद्यालयहरुका विद्यार्थीहरुलाई मुटु परिक्षण कार्यक्रम मिति २०८३ कार्तिक १० देखि सुरुभइ १३ गतेका दिन सम्पन्न भएको छ । करिव ३३ सय विद्यार्थीहरुको मुटु स्वास्थ्य परीक्षण गर्दा १२ जना विद्यार्थीलाई जन्मजात मुटुको समस्या पाइएको छ ।