" शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटन सहितको पूर्वाधार: प्रकृति र मगर सस्कृति निस्दीको आधार "

header AD

हाम्रो मिशन

गाउँपालिका परिचय

निस्दी गाउँपालिका पाल्पा जिल्लाका १० वटा स्थानीय तहहरु मध्ये पुर्वि पाल्पामा अवस्थित गाउँपालिका हो । यस गाउँपालिकाको पूर्वमा गण्डकी प्रदेशको नवलपरासी (बसुपु) जिल्लाको बौदीकाली गाउंपालिका, पश्चिममा लुम्बिनी प्रदेश, पाल्पा जिल्लाका पूर्वखोला तथा माथागढी गाउँपालिका, दक्षिणमा गण्डकी प्रदेश कै नवलपरासी (बसुपु) जिल्ला हुप्सेकोट र विनयीत्रिवेणी गाउंपालिका तथा उत्तरमा लुम्बिनी प्रदेश पाल्पा जिल्लाकोरामपुर नगरपालिका पर्दछ। यस गाउपालिकाको कुल क्षेत्रफल १९४५ वर्ग कि.मि. रहेको छ । उत्तर पूर्वमा कालीगण्डकी नदीसंग जोडिएको यो गाउंपालिका महाभारत श्रृंखला र त्यसका आसपासका बस्तीहरुबाट बनेको छ। यस गाउंपालिकाको नाम उत्तर हुँदै बगेको निस्दीखोलाको नामबाट बनेको छ । निस्दी गाउँपालिका भौगोलिक रुपमा २७ डिग्री ४२ मिनेट देखि २७ डिग्री ४४ मिनेट उत्तरी आक्षांश र ८३ डिग्री २७ मिनेट देखि ८३ डिग्री ५६ मिनेट पूर्वी देशान्तरमा फैलिएको छ। यो गाउँपालिका समुन्द्री सतहको ३८० मिटर देखि १६७२ मिटरको उचाईमा रहेको छ ।