" शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटन सहितको पूर्वाधार: प्रकृति र मगर सस्कृति निस्दीको आधार "

header AD
All wards
आधारभूत जानकारी
नविन्द्र थापा सोती
9857060235
nisdi3jhiruwas@gmail.com
निस्दी-३, झिरुवास
Ward statistics
Population 0
Households 0
Area 15
संक्षिप्त विवरण (Short Description)
निस्दी गाउँपालिकाको वडा नं ३ साबिक झिरुबास गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ | ३ नं. वडा निस्दी गाउँकार्यपालिकाको कार्यालय देखि पूर्व दिशामा जोदिएर रहेको छ । यस वडामा राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा २४३३ जना जनसंख्या रह्रेको छ ।यस वडाको जम्मा क्षेत्रफल ३१ वर्ग कि.मि रहेको छ । यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न पैदल सवा घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन सवा घण्टा समय लाग्छ । ३ नं. वडाका बजारी क्षेत्रहरू धारकेसिंङ्ग, खादर, झिरुबास देउराली, सिमल भन्ज्याङ् र मोहोरिया हुन् । साथै काउलेडाँडाको अम्लिसोघारी तथा त्यस क्षेत्रबाट देखिने मनोरम दृश्य अबलोकनको लागि प्रमुख पर्यटकीय स्थल हुन् । तथा मगर स‌ंस्कृतीको ठूलो नाच, स्वरर्थी नाच, करुवा, झाम्रे नाच तथा मारुनी नाच यहाँको प्रचलित नाच्ने नाच हुन् । ३ नं. वडामा सरकारी बिद्यालय जम्मा ९ बिद्यालय रहेका छन । जस मध्ये ७ वटा आधारभुत बिद्यालय र २ वटा माध्यमिक बिद्यालय रहेको छ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा श्री लक्ष्मी प्रसाद पाटा मगर ज्यू निर्वाचित हुनु भएको थियो । यसै गरी स्थानीय तहको चुनाव २०७९ मा अध्यक्षको रुपमा श्री नविन्द्र थापा सोती ज्यू निर्वाचित हुनु भएको छ ।
नक्शा दृश्य (Map View)
Map coordinates not available