निस्दी गाउँपालिकाको वडा नं ३ साबिक झिरुबास गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ | ३ नं. वडा निस्दी गाउँकार्यपालिकाकाे कार्यालय देखि पूर्व दिशामा जाेदिएर रहेकाे छ । यस वडामा जम्मा ४५४ घरधुरी छन । यस वडामा जम्मा ३५७९ जना जनसंख्या रह्रेको छ । यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न सवा घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन सवा घण्टा समय लाग्छ । ३ नं. वडाका बजारी क्षेत्रहरू धारकेसिंङ्ग, खादर, झिरुबास देउराली, सिमल भन्ज्याङ् र माेहाेरिया हुन् । साथै काउलेडाँडाकाे अम्लिसाे घारी तथा त्यस क्षेत्रबाट देखिने मनाेरम दृश्य अबलाेकनकाे लागि प्रमुख पर्यटकीय स्थल हुन् । तथा मगर संस्कृतीकाे ठूलाे नाच, स्वरर्थी नाच, करुवा, झाम्रे नाच तथा मारुनी नाच यहाँकाे प्रचलित नाच्ने नाच हुन् । ३ नं. वडामा सरकारी बिद्यालय जम्मा ९ बिद्यालय रहेका छन । जस मध्ये ७ वटा आधारभुत बिद्यालय र २ वटा माध्यमिक बिद्यालय रहेको छ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा श्री लक्ष्मी प्रसाद पाटा मगर ज्यू निर्वाचित हुनु भएको थियो । यसै गरी स्थानीय तहको चुनाव २०७९ मा अध्यक्षको रुपमा श्री नविन्द्र थापा सोती ज्यू निर्वाचित हुनु भएको छ ।
वडा नं. ३ झिरुबास
Population:
३५७९
Ward Contact Number:
9857060235