FAQs Complain Problems

निस्दी गाउँपालिकाकाे आर्थिक बर्ष २०७५।०७६ को हिउँदे अधिवेशन सम्पन्न झलकहरु

आज मिति २०७५।१०।१७ गते बिहीबारको दिन यस निस्दी गाउँपालिकाको आर्थिक बर्ष २०७५।०७६ को दोस्रो गाउँ सभा (हिउँदे अधिवेशन) सम्पन्न भएको छ । यस निस्दी गाउँपालिकाको अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको अध्यक्षतामा उपाध्यक्ष श्री रीता कुमारी अर्याल खनाल ज्यू, द्धारा गाउँपालिकाको हाल सम्मको प्रगति, खर्च विवरण, संशोधन तथा थप भएको योजना विवरण पेश गर्नु भएकाे थियो, भने गाउँपालिकाकाे लेखापाल श्री तुल्सी राम घिमिरे ज्यू,द्धारा आर्थिक वर्ष २०७४।०७५ काे महालेखा परिक्षण प्रतिवेदन र अौल्याईएका विषयहरु बुँदागत रुपमा प्रस्ताव पेश गर्नु भएकाे थियो । साथै निस्दी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री शालिकराम बस्याल ज्यूले सभामा पेश भएकाे मौखिक जिज्ञासालाई संक्षिप्त रुपामा जवाफ दिनुभएकाे थियाे । यस अघि माघ १० गते बस्ने गरि सभा विर्सजन भएता पनि अनुकुल वातावरण नभएको कारण हुन नसकेको थियो ।

 

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि